ओमप्रकाशको हत्या आरोपमा क्रसर उधोगी विपिन पक्राउ



मेरो प्रदेश सम्वाददाता
ढल्केवर (धनुषा) अवैध बालुवा गिट्टी उत्खनन रोक्न पुगेका युवक धनुषाका मिथिला नगरपालिका ५ श्रीपुर निवासी ओमप्रकाश भन्ने दिलिपकुमार महतोलाई टिपरबाट किचेर हत्या गराएको आरोपमा उद्योगी विपिन महतोलाई प्रहरीले पक्राउ गरेको छ ।


मृतकका आफन्तजन र स्थानीयको आरोपमा धनुषा प्रहरीले फरार रहेका ढल्केवर स्थित चुरियामाई बालुवा गिट्टी प्रशोधन केन्द्रका संचालक विपिन महतोलाई शनिवार करीब बिहान १० बजे जनकपुरधाम १ भानु चौकबाट पक्राउ गरेको हो ।
शुक्रबार एकाबिहानै ४ बजेको समयमा औरही खोलामा बालुवा गिट्टीको अवैध उत्खनन गर्न पुगेका ओमप्रकाशको ना ७ ख ६४१३ नम्बरको टिपरले किचेर हत्या गराइएको थियो ।

घटना लगतै प्रहरीले टिपर नियन्त्रणमा लिएको थियो भने दिउंसो करीब १ बजेतिर नै टिपर चालक मुनिन्द्र महतोलाई पक्राउ गरिएको थियो । घटनाको विरोधमा मृतकका आफन्त र स्थानीयले दोषीमाथि तत्काल कारवाहीको मांग गर्दै पुर्व पश्चिम राजमार्ग अवरुद्ध गरी विरोध प्रदर्शन गरेका थिए ।

अवस्था तनावग्रस्त भएपछि प्रहरीले लाठी चार्ज र दर्जनौ राउण्ड आश्रुग्यास समेत प्रहार गर्नु परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button