मोटरसाइकल चोरी घटनामा थप एक जना पक्राउ



विजयकुमार साह
मेरो प्रदेश सम्वाददाता


ढल्केवर (धनुषा) धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ४ मा भएको मोटरसाइकल चोरी घटनामा थप एक जनालाई प्रहरीले पक्राउ गरी कार्वाही प्रकृया अगाडि बढाएको छ ।

गणेशमान चारनाथ नपा १ बस्ने २६ बर्षिय रामकरण यादवलाई प्रहरीले पक्राउ गरी कार्वाही प्रकृया अगाडि बढाइएको बताइएको छ ।
यसअघि पुष १९ गते राति करिब १२ बजे गणेशमान चारनाथ नपा ४ का रामएकवाल यादवको घरबाट मोटरसाइकल चोरी गरी घिसारेर लैजादै गरेको अवस्थामा स्थानीय बासीले दुई जनालाई पक्राउ गरी प्रहरीमा बुझाएको थियो । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २१ बर्षिय अलमाज शाह र सोही नपा ३ बस्ने ५१ बर्षिय सुरेश महतो रहेका छन् ।

चोरी काण्डमा पक्राउ परेका शाह र महतोले दिएको बयानका आधारमा रामकरण यादवलाई बुधबार पक्राउ गरेको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिए ।

उनीहरुमाथि जिल्ला अदालत धनुषाबाट म्याद थप गरी आवश्यक अनुसन्धान तथा कानूनी कार्वाही प्रक्रियालाई अगाडि बढाइएको प्रनि यादवले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button