अवैध मदिरा नष्ट

मेरो प्रदेश सम्वाददाता
ढल्केवर (धनुषा) विभिन्न स्थान र समयमा बरामद गरिएको करिब एक हजार लिटर अवैध मदिरा ईलाका प्रहरी कार्यालय ढल्केवरले नष्ट गरेको छ ।
धनुषाको ईप्रका ढल्केवरका प्रहरी निरिक्षक रामकुमार यादवले ढल्केवर, पुष्पवलपुर, मालटोल धारापानी लगायतका स्थान तथा सवारी जाँचको क्रममा बरामद भएको अवैध मदिरा बुधबार नष्ट गरेको बताए । अवैध मदिराको बेचबिचखनलाई नियन्त्रण गर्न कडा अभियान चलाएको प्रनि यादवले जनाए ।
नष्ट गर्ने अवसरमा स्थानीय समाजसेवी, राजनीतिकर्मीहरुको उपस्थिति रहेको थियो ।