मलद्वारमा सुन लुकाएर ल्याउने भारतीय नगरिक पक्राउ



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
प्रहरीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल बाट बुधवार ७६० ग्राम सुनसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन ।
पक्राउ पर्नेमा भारतीय नागरिक मोहमद तोसिद रहेका छन् । प्रहरीले शंकाको आधारमा उनलाई नियन्त्रणमा लिइ काठमाडौं मेडिकल कलेजमा एक्सरे गर्दा मलद्वारमा लुकाएको सुन भेटिएको अपराध महाशाखाका प्रमुख, प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सहकुल थापाले जनाए।
थाई एयरलाइन्सबाट त्रिभुबन अन्तर्रा्ष्ट्रिय बिमानस्थलमा उत्रिएका तोसिदलाई सुनसहित नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भइरहेको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button