दुई तले घरमा अवैध मदिरा भट्टी, प्रहरीले गरे नष्ट



प्रदेश सम्वाददाता
मलगंवा (सर्लाही ) काठले बनेको दुई तले घरको माथिल्लो तलामा सञ्चालित अवैध घरेलु मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ ।


सर्लाहीको मलगंवा नगरपालिका वडा नं. ४ स्थित सञ्चालित अवैध मदिरा भट्टी नष्ट गरिएको हो । जिल्ला प्रहरी कार्यालय मलगंवाबाट प्रहरी निरिक्षक राजु प्रसाद कुर्मीको कमाण्डमा खटिएको प्रहरी टोलीले सो मदिरा भट्टी नष्ट गरिएको बताइएको छ ।


तयारी मदिरा एक हजार लिटर, कच्चा पदार्थ ४ हजार लिटर नष्ट गरेका थिए भने मदिरा बनाउन प्रयोग हुने मेशिन १ थान, ग्यास सिलिण्डर १ थान तथा मदिरा राख्न प्रयोग गरिने ड्रम भाडा १२ थान नियन्त्रणमा लिई कार्यालयमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मलगंवाका प्रनाउ प्रतित सिंह राठौरले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button