नेकपाको शुत्रवार बस्ने बैठकले राष्ट्रिय सभाको उम्मेदवार टुंगो लगाउने

मेरो प्रदेश सम्वाददाता
काठमाडौ
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । शुत्रवार बस्ने बैठकले राष्ट्रिय सभाको उम्मेदवार टुंगो लगाउने बालुवाटार स्रोतले जनाएको छ। पर्सि उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाले आजै उम्मेदवारको अन्तिम टुंगो लगाउने तयारी रहेको छ। ५९ सदस्य रहेको राष्ट्रिय सभाको फागुनमा रिक्त हुने एक तिहाइ सदस्यका लागि माघ ९ गते निर्वाचन हुँदैछ।प्रतिनिधिसभाको सभामुख र राष्ट्रिय सभा सदस्य निर्वाचनको उम्मेदवार चयनका लागि हिजो झण्डै ४ घण्टा बसेकोे बैठक विना निश्कर्ष सकिएको थियो। बैठकले राष्ट्रिय सभामा कार्यकाल सकिएका कसैलाई पनि दोहोर्याएर उम्मेदवार नबनाउने विषयमा लगभग सहमती जुटेको छ। सदस्यको बैठकमा सभामुखको उम्मेदवार चयनबारे पनि छलफल हुनेछ। नेकपाभित्र सभामुखको उम्मेदवार टुंगो नलाग्दा प्रतिनिधिसभाको बैठक दुई पटक सूचना टाँसेर स्थगित भइसकेको छ। पूर्वएमाले र पूर्वमाओवादीबीचको अडानका कारण सभामुखको उम्मेदवार टुंगो लाग्न सकेको छैन । पूर्वमाओवादीका तर्फबाट अग्नी सापकोटा र पूर्वएमालेका तर्फबाट पूर्वसभामुख सुवास नेम्वाङको नाममा छलफल चलिरहेकोे छ।