बलात्कृत बालिकालाई न्यानो लुगा

घर निर्माणमा सहयोग गर्छौः समाजिक अभियन्ता थापा



ढल्केवर (धनुषा) झण्डै एक बर्ष अधि बलात्कृत भएकी नौ बर्षिया बालिकालाई समाजिक अभियन्नता विजय थापा र दारी ग्याङ्ग धनुषाले न्यानो लुगा र नगद पाँच हजार सहयोग उपलब्ध गराएको छ ।


धनुषाको गणेशमान चारनाथ नगरपालिका सखुवनीस्थित बाबुको मानसिक सन्तुलन बिग्रेको र अन्धी आमाको एक्ली लाटी छोरीलाई स्थानीय एक अल्लारे केटोले चकलेटको लोभ देखाएर बलात्कार गरेका थिए । बलात्कार आरोपीलाई जेल चलान भइसकेको छ ।

बलात्कृत बालिकाको बुवाआमाको आर्थिक अवस्था नाजुक भएकाले न्यानो लुगा र आर्थिक सहयोग गरेको समाजिक अभियन्ता विजय थापाले जनाए । उनले यस अघि पनि दारी ग्याङ्ग धनुषाको सहयोगमा खाद्यन्न र लत्ताकपडा उपलब्ध गराएका थिए ।

काठमाडौंमा विभिन्न समाजिक संस्थामा आवद्ध भएर समाजिक कार्य गर्दै आएका विजय थापा बलात्कृत बालिकाको घरमै पुगेर नगद र न्यानो लुगा दिएका थिए । त्यस अवसरमा उनले बालिकालाई पढाउने चाहना रहेको तर नजिकमा सांकेतिक अध्ययन केन्द्र नभएको र अन्धो आमाको साथ छोड्न नसक्ने भएपछि बालिकालाई पढाउन समस्या भएको बताए ।

बालिका उनका बुवाआमा बस्ने घर बाँस र माटो बनेको भएपनि जताततै भत्किएको, ढोका नभएको र छानो पनि त्रिपालले छाएको देखेर समाजिक अभियन्ता थापाले राम्रो बसोबासका लागि पक्की घर निर्माण गरिदिने जनाए । उनले घर निर्माणमा सहयोगी हातहरुको आवश्यकता रहेको भन्दै अन्य संघ संस्थालाई सहयोगका लागि अगाडि बढ्न अपिल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button