चितुवाको आक्रमणबाट तनहुँमा एक बालकको मृत्यु



मेरो प्रदेश सम्वाददाता
तनहु
चितुवाको आक्रमणबाट तनहुँमा एक बालकको मृत्यु भएको छ।
म्ृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–३ रातमाटा
घर भएका २२ महिनाका बालक रविन नेपाली रहेका छन ।
रविन घरको पिँढीमा बसेर खाना खाइरहेको अवस्थामा एक्कासि हराएको र उनको शव घरभन्दा एक किमी टाढा रहेको ढाङढुङ्गे ठूलोपाखा तीनपोखरी सामुदायिक वनमा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताए ।
मृत फेला परेका रविनको शरीर चितुवाले खाएको अवस्थामाफेला परेकोे हो।
उसैगरी सोमबार पीडित परिवारलाई डिभिजन वन कार्यालय तनहुँले किरिया खर्चवापत ५० हजार राहत उपलब्ध गराएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button