चिसो र शीतलहरका कारण बर्दिवासका बिद्यालय पाँच दिन बन्द



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
बिगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण महोत्तरीको जनजीवन कष्टकर बन्दै गएपछी सोमवार देखी शुक्रवार सम्म लागुहुनेगरी बर्दिवास नगरपालिका भित्र रहेका सम्पुर्ण सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिइएको छ ।


नगरपालिकाको शिक्षा शाखाका अधिकृत गणेश दहालले आईतवार सूचना प्रकाशित गरी अत्यधिक चिसो र शीतलहरलाई दृष्टिगत गर्दै पुस १३ देखि १७ गतेसम्म नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयमा बिदा दिएको जानकारी दिए ।

उनले यो बर्षको सञ्चित वर्षे बिदाबाट कटौती हुनेगरी नगरभरिका विद्यालयमा बिदा दिइएकोे बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button