उपत्यकाको तापक्रम बर्षकै सबै भन्दा न्यून



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
केही दिनदेखि उपत्यकाको तापक्रम निरन्तर घटने क्रममा छ । आज उपत्यकाको न्यूनतम तापक्रम शून्य दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । जुन काठमाडौँ उपत्यकाको यस वर्ष मापन गरिएको सबैभन्दा कम तापक्रम हो ।


शुक्रबार काठमाडौको तापक्रम १ दशमलव २ डिग्री सेल्सियस थियो । यो घटेर चिसो बढ्नु कुनै नयाँ प्रभाव नभई मौसमी कारण भएको मौसमविदको भनाइ छ । तापक्रम घटेसँगै उपत्यकामा बिहान र बेलुका अत्यधिक चिसो महसुस गरिएको छ । काठमाडौमा दिउँसोपख घाम लागे पनी तापक्रम नघट्ने मौसमविद्को भनाइ छ ।

त्यसैगरी आज दिउँसो काठमाडौ उपत्यकाको तापक्रम १५ देखि १७ डिग्री सेल्सियससम्म रहने छ । चिसो बढेकाले तराईमा बिहानको समयमा बाक्लो हुस्सु÷कुहिरो लाग्ने र राम्रोसँग घाम नलाग्ने भएकाले तापक्रममा कमीआई चिसो नै रहने भएकाले चिसोबाट बच्ने उपायहरु अपनाउनका साथै यात्रामा हुनसक्ने जोखिम र अन्य प्रभावबाट बच्न सतर्कता अपाउन मेरो प्रदेश टि भी ले सबैमा आग्रह गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्री सेल्सियसमा झरेको छ । त्यस्तै दिपायल, धनगढी र डडेधुराको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस रहेको छ । पोखराको तापक्रम ३.६, सिमराको ५.५, ओखलढुङ्गाको ३.० डिग्री सेल्सियस मापन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button