नेकपा निकट पत्रकारहरूको संगठन पे्रस संगठनको भेला बालुवाटारमा हुदै



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
प्रधानमन्त्री निवास बालुवाटारमा आज सत्तारूढ नेकपा निकटका पत्रकारहरुको भेला भएको छ । तत्कालीन प्रेस चौतारी र प्रेस सेन्टरबीच एकता भएपछि बनेको प्रेस संगठनको प्रथम राष्ट्रिय भेला तथा सपथ ग्रहण कार्यक्रमका लागि नेकपा निकट पत्रकाहरु बलुवाटारमा जम्मा भएका हुन् ।


कार्यक्रममा प्रेस संगठनका केन्द्रीय सदस्य, प्रदेश तथा जिल्ला इन्चार्ज, सहइन्चार्ज, संयोजक र सहसंयोजकको सहभागी छन । प्रथम राष्ट्रिय भेलाको प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा नेकपाका अर्का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सञ्चाल, सूचना तथा प्रबिधि मन्त्री गोकुल बास्कोटालगायतका नेताहरुको आतिथ्यता रहेको थियो । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएसँगै भातृ संगठनको एकता पनि भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button