नेता प्रकाशमान सिंहको निवासमा पौडेल पक्षको भेला

मेरो प्रदेश सम्वाददाता
काठमाडौ
असन्तुष्ट नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु चाक्सीबारीमा भेला भएका छन्। सभापति शेरबहादुर देउवाले एकतर्फी निर्णय गर्दै कार्यकाल थप गरेपछी
नेता प्रकाशमान सिंहको निवासमा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह लगायतका नेताहरु छलफलमा जुटेका हुन्। । नेता सिंहका सहयोगी यूपी लामिछानेका अनुसार नेताहरुका बीच देउवासँग प्याकेजमा सहमति नभएसम्म केन्द्रीय समिति बैठकमा समेत नजाने निर्णय भएको छ।