कांग्रेस महाधिवेशनको निर्णय पौडेलले बहिष्कार गरेको बैठकबाटै



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
पौडेल समुहको बहिष्कारका बिच बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको मिति तया गर्नुका साथै विभिन्न निर्णय गरेको छ।
बैठकले आगामी वर्षको फागुन ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी कार्यतालिका बनाएको हो ।
कार्यतालिका अनुसार बैठकले तरुण दलको म्याद छ महिना थप गरेको छ भने पार्टी विभागको संख्या ४१ बनाउँदै अर्को बैठकले थप गरेर ४५ र्पुयाउने निर्णय गरेको छ । त्यसैगरी गाउँरनगर वडा अधिवेशन २०७७ मंसिर ९ गते, गाउँरनगरपालिका अधिवेशन मंसिर ११ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन मंसिर १५ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन(मंसिर १७ गते, जिल्ला अधिवेशन मंसिर २५ गते र प्रदेश अधिवेशन पौष १५ गतेलाई तोकिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button