गौर कारागारमा कैदीबन्दी बस्न डराउँछन्



मेरो प्रदेश सम्वाददाता
रौतहट
राणाकालमा बनेको रौतहट कारागारमा अचेल कैदी बन्दीहरू बस्न डराउने गरेका छन्। कारागार दिन प्रतिदिन जीर्ण बन्दै गएको कारण पनी कैदीहरु कारागारमा बस्न डराएका हुन । २०७२ साल वैशाखमा गएको भुकम्पका कारण कारागार भबनको संरचना ठाउँ ठाउँमै चर्किएपछि यो झन्
कुनैपनि बेला भत्किने डर कैदी र कारागार प्रशासनलाई छ । कारागार भत्कने डरले रातभरी सुत्न नसकेको भन्दै जेल प्रशासनलाई कैदीबन्दीले गुनासो गर्दै आएका छन्।
९० जना कैदीको क्षमता रहेको कारागारभित्र अहिले २ सय ९७ कैदीहरू छन्। १४ महिला कैदी बन्दी र बाँकी पुरूष छन्। स्थानीय सुरक्षा प्रशासनले भूकम्प गएपछि पटक पटक कारागारको अनुगमन गरी त्यहाँको अवस्थाबाट कारागार व्यवस्था विभाग र गृहमन्त्रालयमा पत्र लेखेर पठाएको थियो। कारागारका जेलर शम्भु प्रसाद यादवले पुरानो एवं जीर्ण अवस्थामा रहेको र भवनमा भूकम्प गएपछी भित्र बस्न खतरा रहेको बताए ।


उनले कारागारको सुरक्षार्थ राखिएका प्रहरी र कर्मचारी बस्ने भवन समेत जीर्ण अवस्थामा रहेको प्रस्ट पारे । कारागारभित्र कैदीलाई बस्न गाह्रो छ । कारागार प्रशासन चलाउने हाम्रो कार्यलय पनि जीर्ण छ,’ उनले भने।
जीर्ण एवं पुरानो कारागार भवनलाई मर्मत सम्भार तथा नयाँ भवन बनाउनका लागि सम्बन्धित निकायमा पत्राचार भइसकेकोले समस्या समाधान हुने आसमा आफूहरू रहेको जेलर यादको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button