एक बर्षमा वीरगञ्ज नाकाबाट ३१ महिलाको उद्धार



मेरो प्रदेश सम्वाददाता
पर्सा
चेलीबेटी बेचबिखनविरुद्ध सक्रिय रुपमा काम गर्दै आईरहेको माइती नेपालले एक बर्षमा वीरगञ्ज नाकाबाट ३१ महिलाको उद्धार गरेको छ।
सन २०१९ को जनवरीदेखि डिसेम्बर सम्ममा माइती नेपाल वीरगन्जले दलालहरुको चंगुलमा परी भारतमा बेचिएका ३१ जना महिलालाई नेपाल फर्काएको हो। वीरगन्ज नाका हुँदै मानव तस्करले भारत लैजान लागेका १७३ जनालाई बेचिनबाट जोगाएको माइती नेपालले दाबी गरेको छ। पछिल्लो पटक मानव तस्करीको शैली समेत फेरीएको र बालबालिका भन्दा विवाहित महिलाहरु तारोमा परेको संस्थाले जनाएको छ।


सस्थाले दिल्ली, कोलकत्ता, मोतिहारी, सुगौली, रामगढवा र रक्सौल लगायतका भारतका बिभिन्न ठाउँबाट महिला तथा बालिकाको उद्दार गरेको छ ।
सामाजिक सञ्जाल फेसबुक, चिनजानका मानिस, आफन्त र भारतबाट काम गर्न नेपाल आएका मानिसको मायाजालमा परि बढि पैसा कमाउने प्रलोभनमा अधिकांश विवाहित महिला बेचिने गरेका छन ।

भारतमा लगेर तालिम दिने बहानामा पीडितबाटै रकम असुल्ने र केही दिनका लागि नेपाल फर्काइदिने, फेरि भारत बोलाएर बेचिदिने गरेको पाईएको छ । अधिकांश पहाडी जिल्लाका बेचिनेमध्ये रहेका र यसमा पुरुषहरु समेत फस्ने गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button