नक्कली नोटको कारोबार गर्ने चारजना बंगलादेशी नागरिक पक्राउ



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
महानगरीय प्रहरी वृत्त ठिमिको टोलीले मंगलवार एक हजार दरका नक्कली नोटको कारोबार गर्ने चारजना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ।


पक्राउ पर्नेमा बंगलादेश नेत्रकुना घर भई मध्यपुरठिमी–१ लोकन्थली बस्ने ४१ वर्षीय अलि अहमद, २१ वर्षीय रोबेल मिक्दा र २१ वर्षीय महमद उल्लाहा रहेका छन्।

उनीहरुको मुख्य नाईके भनिएका फरार सुमन खानलाई पेप्सीकोला टाउन प्लानिङमा लुकेर बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेकोे छ। उनीहरु चारै जनालाई कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख सबिन प्रधानले बताए ।
गत पुस ३ गते भक्तपुरको मध्यपुर थिमी नपा–१ मा रहेको परिधि गिफ्ट पसलमा शपबाट बङ्गलादेश फरिदपुर घर भई हाल लोकन्थली बस्ने २६ वर्षीय सुमन खानले सामान खरिद गरी नक्कली नोट रु दुई हजार दिई फरार भएको भन्ने सूचनाका आधारमा प्रहरीले खोजी गरेको थियो।

खोजी गर्ने क्रममा खान लोकन्थलीस्थित लक्ष्मी सिलाइ केन्द्रमा काम गर्ने भन्ने जानकारीका आधारमा उनको कोठामा खानतलासी गर्दा एक हजार दरका थप १६ थान नक्कली नोट बरामद गरेको र उनीसँगै कोठामा बस्ने तीनजनालाई पक्राउ गरेको उनले जानकारी दिए। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button