दुबै मन्त्रीले दिए राजिनामा



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
उपप्रधान कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादबले मंगलवार प्रधानमन्त्री समक्ष राजिनामा दिएका छन। समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका यादबले मन्त्रीपरिषद्को बैठकबाट संविधान संशोधनको पूर्व तयारी स्वरुप लगेको प्रस्ताव अस्वीकार गरिएकोले नैतिकताको आधारमा सरकारमा बसिरहन औचित्य नभएको राजिनामा पत्रमा उल्लेख गरेका छन ।
यसैगरी समाजवादी पार्टीबाट सरकारमा जाने अर्को मन्त्री मोहमद इश्तियाक राईले पनि पदबाट राजिनामा दिएका छन राई शहरी विकास मन्त्री थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button