चीसोका कारण विरगञ्ज महानगरका विद्यालय १० दिनका लागी बन्द

मेरो प्रदेश सम्वाददाता
पर्सा
प्रदेश नम्बर २ को एक मात्र महा नगरपालिका वीरगन्ज ले पनि शीतलहर र चीसोका कारण महा नगरपालिका क्षेत्रका सबै विद्यालयहरु १० दिनका लागी बन्द गर्ने निर्णय गरेको छ।
महानगरपालिकाले सामुदायिक र संस्थागत दुवै तर्फ गरी ३११ वटा विदा दिने निर्णय गरेको हो। मौसमी प्रकोपको कारण विद्यालय जाने आउने बालबालिकाको स्वास्थ्य विग्रन सक्ने भन्दै १० दिन सबै विद्यालयहरु बन्द गर्ने निर्णय भएको वीरगन्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले बताए।
आगामी पुस ९ बाट १८ गत्ते पुस सम्मका लागि महानगर क्षेत्रका सबै विद्यालयहरु विदा गरिएको छ। महानगर क्षेत्रमा अहिले ९० वटा सामुदायिक विद्यालय र २२१ वटा संस्थागत विद्यालयहरु छन्।
ती सबै विद्यालयहरु मौसमी अनुकुल भएमा विदा रद्ध हुने गरी भन्दै वर्षे बिदामा कट्टा हुनेगरी अहिले विदा गरिएको महानगरपालिकाको निर्णयमा उल्लेख गरिएको छ।