कोइरी र गोढको घरमा आगलागी



मेरो प्रदेश सम्वाददाता
पर्सा
पर्साको छिपहरमाई र कालिकामाई गाउँपालिकाको दुई ठाउँमा मंगलबार बिहान आगलागी भएको छ । छिपहरमाई–१, भिर्जापुरका चनजित महतो कोइरी र कालिकामाई–३ हरिहरपुर बिर्ताका राधेश्याम गोढको घरमा आगलागी भएको हो ।


आगलागी हुँदा धान चामल र मोटरसाइकल जलेर नष्ट भएको छ। दुवै ठाउँको आगलागीमा झण्डै दश लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनएको छ ।
हरिहरपुर बिर्ताका गोढको घरमा खाना पकाउने चुलोबाट सल्केको आगोले आगलागी भएको र कोइरीको घरमा आगलागी हुनको कारण खुल्न सकेको छैन। कोइरीको घरको आगलागीमा ना ६२ प ६२५३ नम्बरको मोटरसाइकल र बीआर २२ के ९५३२ भारतीय नम्बरको मोटरसाइकल जलेर नष्ट भएको पर्सा प्रहरीले जनाएको छ। आगोलाई पोखरिया नगरपालिकाबाट गएको दमकल, स्थानीयवासी र सुरक्षाकर्मीले नियन्त्रणमा लिएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button