बिहीबारको सूर्यग्रहण दुई घन्टा ४९ मिनेट लामो

मेरो प्रदेश सम्वाददाता
आगामी (पुस १० गते) बिहिबार औँषीका दिन बिहान खण्डग्रास (आधा ढाक्ने गरी) सूर्यग्रहण लाग्दै छ । पृथ्वी र सूर्यको बीचमा चन्द्रमा आउँदा र त्यसको छाँयाँ पृथ्वीमा पर्दा सूर्यग्रहरण देखिन्छ।
यो सघन छाया र विरल छाया गरी दुई खालको हुन्छ । सघन छाया भएको भागमा पूर्ण सूर्यग्रहण अर्थात खग्रास देखिन्छ।
विरल छाया परेको भागमा आंशिक सूर्यग्रहण खण्डग्रास देखिन्छ।
सूर्यग्रहण बिहान ८ बजेर ४२ मिनेट जाँदा लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
पश्चिम र नैऋत्य कोणको बीचबाट ग्रहण शुरु हुनेछ। बिहान ८ बजेर ४२ मिनेटमा सुरु हुने ग्रहण १० बजेर १ मिनेटसम्म मध्य र ११ बजेर ३१ मिनेटमा समाप्त हुनेछ।
सूर्यग्रहणका बेलामा खानपिन लगायत महत्वपूर्ण काम गर्नु उपयुक्त नहुने धार्मिक बिश्वास रहिआएको छ ।
यस अघिका सूर्यग्रहण लाग्दा सरकारले सार्वजनिक बिदा दिने गरेको भएपनी। योपटक क्यालेण्डरमा बिदा नभएको कारण सरकारले निर्णय गरेर बिदा दिनु पर्नेमा हालसम्म सूर्यग्रहणका लाीग सरकारले सार्वजनिक बिदा दिने कुनै निर्णय गरेको छैन।
ग्रहणलाई नांगो आँखाले हेर्न नहुने विज्ञहरुले बताएका छन्। विज्ञका अनुसार नांगो आँखाले हेर्दा आँखाको दृष्टि पनि गुम्न सक्छ।