ठूलो संख्यामा विदेशी नागरिक पक्राउ

मेरो प्रदेश सम्वाददाता
काठमाडौ
प्रहरीले शंकास्पद गतिविधि गर्ने विदेशी नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमध्ये धेरैजसो चिनियाँ नागरिक छन्। महानगरीय प्रहरी परिसर काठमाडौं, अपराध महाशाखा केन्द्रीय अनुसन्धान ब्युरोलगायतको टोलीले सोमवार दिउँसो छापा मारी उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमध्ये धेरैजसो चिनियाँ नागरिक छन्।
प्रहरीले बाँसबारीमा रहेका केही घरहरुबाट शंकाको आधारमा छापा मारीे ७० जनाभन्दा बढी विदेशी नागरिकलाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरु बैंक ह्याकिङ्ग लगायतका गतिविधिमा संलग्न भएको आशंका गरिएको छ। प्रहरीले यसअघि बैंक ह्याकिङ्ग गरी करोड बढी रकम लुट्ने चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको थियो।