प्रचण्ड र प्रधानमन्त्री ओलीबिच छलफल



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबिच आज (सोमबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा समसामयिक राजनैतिक बिषय बस्तुमा छलफल भएको छ । संसदको हिउँदे अधिवेशन शुरु भएसँगै रिक्त रहेको सभामुख चयन गर्नुपर्ने भएकाले पनि सभामुखको बिषयतिर केन्द्रित हुँदा एमसीसी बारे पर्याप्त छलफल हुन सकेन ।
निकै विवादित बन्दै गएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे छलफल भएपनी कुनै निष्कर्षमा भने पुग्न नसकेको बालुवाटार स्रोतले जनाएको छ ।


एमसीसीको अनुमोदनको विपक्षमा रहेका भनिएका कार्यकारी अध्यक्ष दाहाल र जसरी पनि पास गराउनै पर्ने अडानमा रहेपनी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली बिचमा कुनै निष्कर्ष भने निस्किन सकेन ।
सभामुख चयन भएपछि दुई अध्यक्ष बिच थप छलफल गरेर मात्रै एमसीसी बारे सचिवालयमा लैजाने दुबै अध्यक्षको तयारी छ । एमसीसी संसदबाट अनुमोदन गराउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार समक्ष बारम्बार माग गरिरहेको छ । दुई घण्टा सम्म चलेको छलफलमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजिनामा गराएर आफ्नै पार्टीबाट सभामुख चयन गर्ने नेकपाको तैयारी छ । प्रचण्डले सभामुखमा अग्नि सापकोटालाई अगाडि बढाउने प्रयास गरेपनी अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीको चाहाना बमोजिम सभामुखमा नेम्वाङले बाजि मारेको खबर यसअघि नै सार्वजनिक भै सकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button