पुष्टि नभएको घटनामा बिप्लबको आशंका



मेरो प्रदेश सम्वाददाता
दैलेख
अपहरणमा परेका दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीकी श्रीमती इला जंगलमा फेला परेकी छिन् । उनिसंगै
अपहरणमा परेका गाउँपालिका अध्यक्ष शाहीको अवस्था भने अज्ञात छ । उनीहरुलाई अपहरणकारीले बिजारेको जंगल हुँदै कालीकोटतर्फ लगेको स्थानीयहरु बताउँछन् । अपहरणमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको संलग्नता रहेको अनुमान छ । यद्यपि यसको पुष्टि भइसकेको छैन । अपहरणको कारण पनि खुलेको छैन ।
शाही दम्पत्ति आइतबार बिहानपख ठाँटीकाँध गाउँपालिका वडानम्बर २ श्रीपाटामा रहेको घरबाटै अपहरणमा परेका थिए ।


गाउँपालिका अध्यक्ष शाही नेकपा जिल्ला कमिटी सदस्य हुन् भने उनकी श्रीमती इला नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय उपाध्यक्ष हुन् ।
प्रहरीले यसको पुष्टि गरिसकेको छैन । दैलेख प्रहरी प्रमुख डिएसपी हरिबहादुर ओलीले भने, ‘मैले पनि त्यो कुरा त सुनेको हुँ, तर हाम्रो सम्पर्कमा नआइसकेकाले मैले पुष्टि गर्न सक्दिन ।
उनीहरुको खोजिमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button