टिफर पल्टदा सह चालकको ज्यान गयो

मेरो प्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरीमा शनिवार बेलुका टिफर पल्टदा सह चालकको ज्यान गएकोछ । ज्यान जानेमा धादिङ ं चितवन भण्डाराका २८ बर्षिय राजेन्द्र चपागाँईं रहेका छन ।
बा ५ ख २०४९ नम्बरको टिफर महोत्तरीको भंगहा नगरपालिका ६ संग्रामपुरमा विपरीत दिशाबाट आईरहेको जीपलाई साईड दिने क्रममा अनियन्त्रित भई पल्टदा सहचालक चपांगाईको मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ ।
घटना पछी टिफरका चालक फरार भहेकाले उनको खोजी भैरहेको र घटनाको बिषयमा थप अनुसन्धान भैरहेको बताईएको छ ।