बार्षिकोत्सवको अवसरमा रक्तदान र वृक्षारोपण



ढल्केवर (धनुषा) जनकपुरधामको मुजेलियामा रहेको राधाकृष्ण सार्वजनिक पुस्तकालयको ५४ औं बार्षिकोत्सवको अवसरमा रक्तदान र वृक्षारोपण कार्यक्रम गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिडेट जनकपुरधामको सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रममा लगभग ४० जनाले रक्तदान गरेका थिए । रक्तदाताहरुलाई संस्थाले प्रशंसापत्र प्रदान गरिएको थियो ।
रक्तदान कार्यक्रममा नेपाल स्वय्सेवी रक्तदान समाजका केन्द्रिय सदस्य तथा धनुषा जिल्लाका अध्यक्ष शिवकुमार साहलाई विशेष सम्मान गरिएको थियो । उनलाई रगतको खाँचो परेकाहरुलाई सहज तरिकाले रगत उपलब्ध गराए वापत संस्थाले विशेष सम्मान प्रदान गरिएको बताइएको छ । केन्द्रिय सदस्य साह काठमाडौंको बालाजुस्थित गंगालाल हृदय रोग अस्पताल अगाडि आफ्नो व्यवसाय गर्दै आइरहेका छन् भने नेपाल स्वयसेवी रक्तदान समाज नामक संस्थासँग जोडिएर रगतको खाँचो परेकाहरुलाई रगत उपलब्ध समाजिक कार्य गर्दै आइरहेका छन् ।
संस्थाका अध्यक्ष बिधाकर प्रसाद साहको अध्यक्ष तथा प्रदेश सभासदस्य रामअशिष यादवको प्रमुख अथितिमा आयोजित रक्तदान कार्यक्रममा मुजेलियास्थिति शसस्त्र क्याम्पका एसपी राजेन्द्र उप्रेति, समाजसेवी शुरेस शर्मा किसन दिक्षित, प्रकाशचन्द्र साह कार्यक्रम संयोजक अरुणकुमार साहकोे उस्थिति रहेको थियो ।
बार्षिकोत्सवको अवसरमा कार्यलय प्राङ्णमा रुद्राक्ष र सयपत्रीलगायतको बोटबिरुवा रोपण कार्यक्रम गरिएको थियो । यसको संयोजक स्वस्तिक अटो एण्ड डे«डिङ् प्रा.लि. मिल्सएरिया जनकपुरधाम रहेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button