चिसो र शीतलहरका कारण राजविराजका विद्यालय ३ दिन बन्द

मेरो प्रलेश सम्वाददाता
सप्तरी
सप्तरीको राजविराज नगरपालिका भित्रका सम्पूर्ण विद्यालय तीन दिनका लागि बन्द गरिने भएको छ । र केही दिनयता अत्यधिक चिसो बढेकाले बालबालिकालाई विद्यालय जान असर पर्ने भएकाले यही पुस ६ देखि पुस ८ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको जनाइएको छ । तीन दिनका लागि राजविराज नगर क्षेत्रभित्र पर्ने सम्पूर्ण संस्थागत (निजी) तथा समुदायिक विद्यालय बन्द गर्ने निणय नगरपालिकाले गरेको छ । चिसो बढेसँगै नगरवासीको दैनिक जनजीवन प्रभावित भइरहेको अवस्थामा समय अनुकूल नभएमा विद्यालयका प्रधानाध्यापकसँग छलफल गरी पुनः बन्दलाई निरन्तरता दिइने नगरपालिका अध्यक्ष सम्भु यादवले जानकारी दिए। विगत तीन ,चार दिनदेखि लगातार तराई मधेसमा बढेको शीतलहर र चिसोका कारण बजारमा मानिसको चहलपहल कम देखिएको छ। बाक्लो हुस्सुसँगै पश्चिमी हावा चल्दा अत्यधिक चिसोले सप्तरीको राजविराज लगायत पूर्वी तराईको जनजीवन प्रभावित बनेको छ। चिसोका कारण सर्वसाधारणलाई घरबाट बाहिर निस्कन पनि सकस परेको छ।
च्भबम mयचभ बतस् जततउकस्ररतजबजबपजबदबच.अयmरलभधकरडटडढद्द