प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गर्दै सकियो



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
आज बाट सुरु भएको संघीय संसदको हिउँदे अधिवेशनमा आज शोक प्रस्ताव पारित गरी सकिएको छ । संसदको अर्काे बैठक पुस ११ गते दिउँसो १ बजे बस्ने उपसभामुख शिवमाया तुम्बाहाङ्फेले संसदमा जानकारी दिईन । तुम्बाहाङफेले राष्ट्रपतिले अधिवेशन चलाउन पठाएको पत्र पढेर बैठकको सुरु गरेकी थिइन्। उपसभामुखले सदन चलाउनेकी नचलाउने भन्ने अन्योलता भए पनि सत्तासिन नेकपाले उपसभामुखलाई नै बैठकको अध्यक्षता गर्न भनेको थियो। नेकपाले नियमावली भन्दा संविधान माथि हुने भन्दै उपसभामुखलाई बैठक सञ्चालन गर्न दिएको बताएको छ । उपसभामुखले राष्ट्रपति कार्यालयबाट आएको मन्त्रिपरिषदको नाम पनि पढेर सुनाइन्। पुस ११ गते बस्ने बैठकले सभामुखको टुंगो लगाउने बताइएको छ।
आजको संसको बैठकमा उपसभामुखले चारजना पूर्वसदस्यहरुको शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । २०७१ सालमा तत्कालीन नेकपा एमालेबाट संखुवासभा क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य निर्वा्चित हरि बैरागी दाहाल, प्रतिनिधिसभा २०७० सालको संविधानसभाको निर्वाचनमा तत्कालीन एमालेबाट समानुपातिक सांसद बनेकी पूर्वसदस्य कमला कुमारी घिमिरे, २०५१ सालमा धनुषा ५ बाट निर्वा्चित रामलखन महतो र २०७० सालको संविधानसभा निर्वाचनमा भक्तपुर २ बाट कांग्रेस सांसद रामेश्व ढुंगेलको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभा नियमावली र संसदीय अभ्यासले उपसभामुखलाई अध्यक्षता गर्ने व्यवस्था नभए पनि उपसभामुखले संविधानको धारा ९१ को उपधारा ९४० मा प्रतिनिधिसभाको सभामुखको अनुपस्थितिमो अध्यक्षता गर्ने भन्ने व्यवस्थालाई टेकेर संसद सञ्चालन गरिन । प्रतिनिधिसभा नियमावलीमा बैठकको प्रारम्भ र स्थगन सभामुखले मात्र गर्न पाउने बयवस्था छ। संसदीय अभ्यास पनि बैठकको प्रारम्भ र स्थगन सभामुखले नै गर्दै आएको अवस्था छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button