दुर्घटनामा चारको मृत्यु, चार गम्भीर घाईते



मेरो प्रदेश सम्वाददाता
उदयपुर
उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नं ३ जरुवा माथि तामडाँडामा विहिवार विहान बोलेरो जीप दुर्घटना भएको छ । दुर्घटनामा चार जनाको मृत्य भएको छ भने अन्य चारजना गम्भिर घाईते भएकाछन् ।
मृत्यु हुनेमा उदयपुरगढी गाउँपालिका वडा नं ३ गोठडाँडा घर भई हाल मोरङ पथरी सनिश्चरे नगरपालिका वडा नं ४ निवासि ६१ वर्षीय टीकानारायण श्रेष्ठ, उदयपुरगढी गाउँपालिका वडा नं ३ का ४७ वर्षीय ढक बहादुर मगर र ४७ वर्षीय मिननारायण श्रेष्ठको घटना स्थलमै मृत्यु भएको छ । त्यसैगरी पथरी सनिश्चरे नगरपालिका वडा नं ४ कै ३५ वर्षीय टिकाराम श्रेष्ठको उपचारका क्रममा कटारी अस्पतालमा मृत्यु भएको उदयपुर प्रहरीले जनाएको छ । टीकाराम गोठडाँडाबाट आफन्तलाई भेटेर फर्किने क्रममा विहान करिव ९ वजेको समयमा सो दुर्घटना भएको हो । भारतीय नम्बर प्लेटको एस के ०१ पिबी ३०६८ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकबाट दुईसय मिटर तल खसेको थियो । दुर्घटनामा उदयपुरगढी गाउँपालिका वडा नं ३ गोठडाँडा घर भई हाल मोरङ पथरी सनिश्चरे नगरपालिका ४ शान्ति चोकका ५५ वर्षीय लक्ष्मी प्रसाद राई, भारत दार्जि्लिङका २८ वर्षीय पवन राई, सिकिम भारतका चालक ४५ वर्षीय भुपाल राई र पथरी सनिश्चरे नगरपालिका ४ का आशिष लिम्बु गम्भिर घाईते भएका जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
घाईतहरुकोे जिल्ला अस्पताल कटारीमा प्राथमिक उपचारपछि थप उपचारका लागि बिराटनगर लगिएको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button