सेनाका चारजना उच्‍च पदाधिकारीको बढुवा



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
मन्त्रिपरिषदको बैठकले नेपाली सेनाका चारजना उच्च पदाधिकारीहरूको बढुवा गरेको छ । बैठकले सहायक रथी निर्मलकुमार थापालाई उपरथी पदमा, महासेनानी नारायण सिलवाललाई सहायक रथी पदमा, प्रमुख सेनानीहरू लब खत्री र रुपेन्द्र बुढाथोकीलाई महासेनानी पदमा बढुवा गरेको हो । त्यस्तै, गत मंसिर ३० गते बसेको मन्त्रिपरिषदको बैठकले महासेनानी दीप सिंह, प्राविधिक महासेनानी डा. अमित जोशीको राजीनामा स्वीकृत गरेको छ भने मन्त्रिपरिषदले तीन जना उपरथीहरुको सरुवा गर्ने निर्णय गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button