सङ्घर्ष समिति र प्रेस काउन्सिल बिच वार्र्ता शुरु



मेरो प्रदेश सम्वाददाता
काठमाडौ
पत्रपत्रिका वर्गीकरणमा पूर्वाग्रह र अनियमिता भएको भन्दै प्रेस काउन्सिल नेपाल विरुद्ध आन्दोलनमा उत्रिएको नेपाल पत्रकार महासङ्घ काठमाडौँ लगायत अन्य शाखा सहितको सङ्घर्ष समिति र काउन्सिलका पदाधिकारीबीच वार्ता शुरु भएको छ ।
काउन्सिलको कार्यालयमा धर्ना दिई कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गरेपछि काउन्सिलले बुधबार्र वार्तामा बोलाएको र पहिलो चरणमा आफ्ना कुरा राखिएको महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष शन्तराम बिडारीले जानकारी दिए ।


सङ्घर्ष समितिले गत मङ्सिर २७ गते सञ्चारग्रामस्थितँ वार्तामा काउन्सिलका तर्फबाट सदस्य चेतनाथ धमला र मुख्य अधिकृत झविन्द्र भुसाल तथा सङ्घर्ष समितिका संयोजक दीपक पाण्डे, अध्यक्ष बिडारी, बुढाथोकी लगायत सहभागी भएका थिए ।
काउन्सिलको बिहिवार बस्ने सञ्चालक समितिको बैठकमा सङ्घर्ष समितिको मागअनुसार वर्गीकरणमाथि छानबिन समिती गठन गर्नेबारे छलफल हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button