वालिकालाई जवर्जस्ती गर्ने कारागार चलान



मेरो प्रदेश सम्वाददाता
दोलखा
दोलखाको शैलुङ गाउपालिकाका सुस्त मनस्थिति भएकी वालिकालाई जवर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका एक व्यक्ति कारागार चलान भएका छन ।
जर्वजस्ती करणी गरेर पक्राउ परेका शैलुङ गाउँपालिका वडा नम्बर–४ मागापौवाका ४० वर्षीय भीमसेन भुजेललाई जिल्ला अदालत दोलखाको आदेश अनुसार कारागार चलान गरीएको हो ।
जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार भुजेलले गत साउन २८ गते पसलमा सामान किनेर फर्कदै गरेकी १५ वर्षीया वालिकालाई पोखरे सामुदायिक वन क्षेत्रमा जर्वजस्ती करणी गरेका थिए । करणी पछी किशोरी गर्भवती भएको घटना बाहिर आएपछी पीडितका परिवारले गत मंसिर ९ गते जिल्ला प्रहरी कार्यालय दोलखामा उजुरी गरेका थिए । परिवारको उजुरी पछि भुजेललाई प्रहरीले पक्राउ गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button