नक्कली पासबुक बनाई ठगी गर्ने पक्राउ



मेरो प्रदेश सम्वाददाता
इटहरी, नक्कली पासबुक बनाई सुनसरीका विभिन्न स्थानका मानिसलाई ठगी गर्ने दुई जनालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुवास श्रेष्ठ र दोर्ण श्रेष्ठ रहेका छन । उनिहरुले इटहरी–६ स्थित कान्तिपुर गहना भण्डारका नाममा पासबुक बनाई बढी ब्याज दिने बाहनामा पीडितसँग रकम उठाइएको उजुरीका आधारमा खुलेको छ । उक्त गहना भण्डार सुवास श्रेष्ठलगायतले सञ्चालनमा ल्याएका हुन् ।
राष्ट्र बैंकसँग कुनै पनि वित्तिय कारोबार गर्ने अनुमति नलिई रकम उठाइएको पाएपछि बैंकिङ ठगीमा प्रहरीले अनुसन्धान जारी राखेको इप्रका इटहरीका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) धर्मराज भण्डारीले जानकारी दिए ।


पक्राउ गरिएका दुवै जनाले इटहरी–८ की मधुमाया कटुवालको चार लाख ८६ हजार, मनिका कटुवालको ६ लाख ६० हजार, बराहक्षेत्र नगरपालिका–२ की रन्जिता कटुवालको ७० हजार ठगी गरेको उजुरीमा खुलाइएको छ ।

यस्तै, इटहरी–५ की तारा आचार्यको एक लाख, कमला श्रेष्ठ प्रधानको २ लाख, मोरङ सुन्दर हरैंचा नगरपालिका–५ का चन्द्र बस्नेताको ५ लाख ३० हजार ठगी भएको उजुरीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button