विद्या भट्टराईले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दै



मेरो प्रदेश सम्वाददाता
काठमाडौं । प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले आज, मंगलबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दै्छिन् । उनलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले दिउँसो १ बजे शपथ ग्रहण गराउने संसद सचिवालयले जनाएको छ । तत्कालीन प्रतिनिधिसभा सदस्य एवम् पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त भएको कास्की २ मा नेकपाले रविन्द्रकै पत्नी विद्यालाई उम्मेदवार बनाएको थियो ।
मंसिरको १४ गत्ते भएको उपनिर्वाचनमा नेकपाकी उम्मेदवार भट्टराई कास्की क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित भएकी थिइन् ।
उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खेमराज पौडेललाई झण्डै साढे आठ हजार मतको अन्तरले हराएकी थिइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button