वायुको प्रभावले देशभर चिसो बढ्रयो



मेरो प्रदेश सम्वाददाता
काठमाढौ


मौसम पूर्वानुमान महाशाखाका मौसमविदहरुका अनुसार पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर आंशिक बदली भई उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुने सम्भावना बढेको छ ।
पश्चिमी वायुको प्रभावले देशभर सामान्य बदली भई उच्च पहाड सहित हिमाली भूभागमा आज हिमपातको सम्भावना रहेको बताइएको छ ।

वायुको प्रभावले देशभर चिसो बढेको छ । तापक्रम घटेसँगै उपत्यका लगायत देशका अन्य भागमा बढी चिसो महसुस गरिएको छ । पूर्वी तराईका केही भूभागमा बाक्लो हुस्सु÷कुहिरो लागेकोे छ ।
बुधबारबाट मौसमी प्रणालीमा सुधार आउने छ । महाशाखाको पछिल्लो विवरण अनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस १ डिग्री सेल्सियस रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button