जनकपुरमा फेरि अर्को शंकास्पद वस्तु फेला जनमानसमा त्रास



मेरोप्रदेश सम्वाददाता
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–९ स्थित सरस्वती नमूना माध्यमिक विद्यालय नजिकै सोमबार बिहान फेरि अर्को शंकास्पद वस्तु फेला परेको छ ।


शंकास्पद वस्तु फेला परेकाले अहिले घटनास्थलमा सुरक्षा घेरा कडा बनाईएको छ । आइतबार राति वडा नम्बर ९ मा पनि संकटमोचन मन्दिर देखि पश्चिम बागवानी जाने बाटोमा शंकास्पद बस्तु फेला परेको थियो ।
त्यहाँ अहिले नेपाली सेना को बम डिस्पोजल टोलीले डिस्पोज गर्ने काम गरिरहेका छन् । यो भन्दा पहिला धनुषा जिल्लाकै महेन्द्रनगरमा बम बिस्फोट हुदाँ प्रहरी निरीक्षकसहित तीन जनाको ज्यान गएको थियो । धनुषाको बिभिन्न ठाउँबाट संकास्पद बस्तु भेटिन थालेपछी जनमानसमा त्रास फैलिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button