नेकपाको स्थायी कमिटी बैठकमा पेश गरेकोे प्रतिवेदन माथी सोमवार देखी छलफल हुने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।पार्टी कार्यालय धुम्वाराहीमा सुरु भएको बैठकमा आईतवार पहिलो दिन अध्यक्षको प्रतिवेदन पेश भएको एक स्थायी समिति सदस्यले जानकारी दिए ।उनका अनुसार प्रतिवेदनमाथि सोमबारबाट छलफल सुरु हुनेछ ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पार्टीको विधान संशोधन, सरकारको समीक्षा, आगामी ६ महिने कार्ययोजना, केन्द्रीय समिति बैठक बोलाउने लगायतका बिभिन्न विषय समेटिएका छन् ।