नेकपा स्थायी कमिटी बैठक आज बस्दै



मेरो प्रदेश सम्वाददाता


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरू स्थायी कमिटी बैठकको तयारीमा लागेकाले पार्टीको सचिवालय बैठक पुनः स्थगित भएको छ । मङ्सिर २३ गते बसेको सचिवालयको बैठकले मङ्सिर २७ गतेका लागि बैठक तय गरेको भएपनी तयारी नपुगेको भन्दै सो बैठक शनिबार दिउँसोका लागी सारीएको थियो । तर, फेरि तयारी नपुगेको भन्दै त्यो बैठकलाई आइतबार बिहान ९ः०० बजेका लागि सारेको छ ।
आइतबार बसेको स्थायी कमिटी बैठकको एजेन्डाबारे छलफल गर्न सचिवालयको बैठक बोलाएको भएपनी एजेन्डा पूर्णता पाउनमा ढिलाइ भएका कारण पार्टी बैठकसर्दै गएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही दिनदेखि अन्य नेतासँग सल्लाह लिँदै स्थायी कमिटीमा प्रस्तुत हुने एजेन्डाको दस्तावेजीकरण गर्नमा व्यस्त छन । सचिवालको बैठकले उपनिर्वाचनको समीक्षा, सङ्गठन सुदृढीकरण लगायतका विषयमा छलफल गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button