नेपाली सेनाका पुर्व जवानद्वारा आत्महत्या



मेरो प्रदेश सम्वाददाता, महोत्तरीको बर्दिवासमा एक व्यक्तीले झुण्डिएर आत्महत्या गरेका छन् । बर्दिवास नगरपालिका १ घर भएका ३८ वर्षिय भक्त बहादुर खत्रीले आफु सुत्ने कोठाको पंखामा सलको पासो लगाई आत्महत्या गरेका हुन । झुण्डिएको केही बेरमै परिवारले उपचारका लागी बर्दिवास स्थित शुभस्वस्तीक अस्पतालमा लगिए पनि खत्रीलाई बचाउन नसकिएको अस्पताल श्रोतले बताएको छ । खत्री लामो समय देखी डिप्रेसनमा रहेको परिवारलाई उदृत गर्दै ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरिक्षक अशोक साहले बताए । खत्री नेपाली सेनाका पुर्व जवान समेत हुन । शवलाई पोष्टमार्टमका लागी प्रादेशिक अस्पताल जनकपुर लगिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button