“सरकारले सहकारी क्षेत्रलाई अनुदान दिएर बदनाम र अपाङ्ग बनाएकोे छ” घिमीरे ।

मेयर विदुर कुमार कार्कीले बिदेशबाट आयातित माछामा फर्मालिन नामक रसायन प्रयोग हुने र औषधी निर्माता कम्पनीहरुले नै नियोजित रुपमा यस्ता खाद्य सामाग्री नेपाली बजारमा भित्र्याउने जनाए ।



मेरो प्रदेश सम्वाददाता, सरकारले सहकारी क्षेत्रलाई अनुदान दिएर बदनाम तथा अपाङ्ग बनाएकोे बताईएको छ । समाज सहकारी संस्थाले महोत्तरीको बर्दिवासमा आयोजना गरेको १७ औँ वार्षिक साधारण सभामा बोल्दै संस्थाका संरक्षक श्यामकुमार घिमीरेले सरकारले सहकारी क्षेत्रलाई अनुदान दिएर बदनाम तथा अपाङ्ग बनाएको बताएका हुनर । १७ औँ वार्षिक साधारण सभाको अवसरमा संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै संस्थाका संरक्षक तथा नेपाली कांग्रेसका केन्द्रिय सदश्य समेत रहेका घिमीरेले सरकारलाई सस्तो ब्याजदरमा सहकारीहरुलाई ऋण प्रदान गर्न आग्रह गर्दै यसले व्यक्तीमा गरिखाने प्रवृत्तीको बिकास गर्ने बताए । घिमीरेले सरकारले प्रदान गरेको कृषि अनुदानको बारेमा अधिकांश मानिस बेखबर रहेको बताउँदै उद्यमशिल सदश्यहरुलाई अनुदान तथा ऋण उपलब्ध गराउन संस्था तत्पर रहेको समेत बताए ।


कार्यक्रममा बोल्दै बर्दिवास नगरपालिकाका मेयर विदुर कुमार कार्कीले खाद्य सुरक्षालाई प्राथमिकता दिनु पर्ने बताउँदै रसायन रहित खाद्यान्न उत्पादन गरेर समाजलाई दिर्घजिवी बनाउने विषयमा पनि सम्पुर्ण सहकारीहरुले जोड दिनु पर्ने बताए । मेयर कार्कीले बिदेशबाट आयातित माछामा फर्मालिन नामक रसायन प्रयोग हुने र औषधी निर्माता कम्पनीहरुले नै नियोजित रुपमा यस्ता खाद्य सामाग्री नेपाली बजारमा भित्र्याउने जनाए ।

“एकका लागी सबै र सबैका लागी एक” को अवधारणा बोकेको सहकारीले गाउँको उत्पादनलाई शहरमा र शहरको पुँजीलाई गाउँमा पु¥याउन महत्वपुर्ण भुमिका खेलेको बताउँदै जनमुखी स्वास्य र विकास सहकारी संस्थाका सचिव लिलामणी आचार्यले समाजबाट उन्मुख अर्थतन्त्र निर्माणको निम्ती सहकारीले महत्वपुर्ण भुमीका खेलेको बताए ।

संस्थाले बार्षिक साधारणसभाको अवसरमा जेष्ठ नागरिक सम्मान कार्यक्रम्, उत्कृष्ट ऋणी सम्मान कार्यक्रम, उत्कृष्ट बचतकर्ता सम्मान कार्यक्रम तथा तिज विषेष बचत अन्तर्गत उत्कृष्ट ३, समुह तर्फ तिन व्यक्ती तथा संस्थालाई सम्मान गरेको थियो ।
संस्थाले यसै आर्थिक वर्ष देखी ५ जना विद्दार्थीलाई वार्षिक ६ हजारका दरले छात्रवृत्तीको योजना ल्याएको र आगामी आर्थिक वर्षदेखी यसलाई बढाएर १० जनालाई वार्षिक १२ हजारमा पु¥याईने बताउँदै संस्थाका संरक्षक घिमीरेले सम्पुर्ण सदश्यहरुको आर्थिक दायित्व संस्थाले नै निर्वाह गर्ने जनाए । घिमीरेले ऋण बिमा कार्यक्रम अन्तर्गत यदि कुनै ऋणीको मृत्यु भएको खण्डमा मृतकका नाममा रहेको सम्पुर्ण ऋण मिनाहा हुने समेत बताएका छन् ।
संस्थाले आर्थिक वर्ष २०७५÷७६ मा र्दुइ करोड ५० लाख ७६ हजार उनासी रुपैँया कुल आम्दानी गरेको छ भने खर्च तर्फ दुई करोड २५ लाख २६ हजार दुई सय अन्ठानब्बे र सञ्चालन मुनाफा २५ लाख ४९ हजार ७ सय ८१ गरेर जम्मा २ करोड ५० लाख ७६ हजार उनासी रहेको छ । त्यस्तै संस्थाको पँुजिगत दायित्व तर्फ १५ करोड ६७ लाख १७ हजार एक सय ६५ तथा सम्पती तथा जायजेथा तर्फ १५ करोड ६७ लाख १७ हजार एक सय ६६ रुपैँया रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button