बदलिँदै अस्पतालको स्वरुप

अस्पताल व्यवस्थापनमा आएको सुधार, अस्पतालको सेवाहरु र डाक्टरको व्यवहार देखेर अहिले अस्पतालमा पुग्ने जो कोही पनि अचम्ममा पर्ने गरेका छन् ।



प्रदेश टिभी सम्वाददाता,
केन्द्रिय प्रादेशिक अस्पतालमा परिणत भएपछि अहिले अस्पतालको सेवा, सुविधा र काम पनि फेरिएको छ । प्रदेश २ का ८ जिल्लामध्ये बीचमा पर्ने जनकपुर प्रादेशिक अस्पतालमा अहिले हरेक दिन २ सय ५० देखि ३ सय सम्म बिरामी आउने गर्छन् । बिरामीको भीँड थेग्न नसकि कहिलेकाहीँ अस्पताल परिसरमै सेवा दिनुपर्ने बाध्यता रहेको अस्पताल श्रोतले जानाएको छ । अस्पताल व्यवस्थापनमा आएको सुधार, अस्पतालको सेवाहरु र डाक्टरको व्यवहार देखेर अहिले अस्पतालमा पुग्ने जो कोही पनि अचम्ममा पर्ने गरेका छन् ।
तर नयाँ थपिएका भवनले अस्पतालमा सेवा सुविधा थपिएपनि कर्मचारी अभावका कारण भने उपचारमा समस्या हुने गरेको छ ।


अस्पतालकै दरबन्दी अनुसार अहिले पनि सेवा सुचारु गर्नुपरेकोले समस्या हुने गरेको इमरजेन्सी विभागका प्रमुख डा.केडी दासले बताए । ‘इमर्जेन्सी विभागमा कम्तिमा पनि १६ जना डाक्टर चाहिन्छ तर त्यो छैन । विशेषज्ञ डाक्टहरु पनि छैनन् । जसले गर्दा सेवा सुचारुमा समस्या भने हुने गरेको छ ।’ उनले भने । ३ सय ५० शय्याको अस्पतालमा एक सय ४२ जना कर्मचारीको दरबन्दी छ । तर, अस्पतालमा भने जम्मा ८१ जना मात्रै कार्यरत छन् । समायोजनपछि सरकारले मुटुरोग विशेषज्ञ, स्त्री तथा प्रसुतिरोग विशेषज्ञ, बालरोग विशेषज्ञ चिकित्सकहरु पठाएपनि ५० जना विशेषज्ञ डाक्टर हुनुपर्नेमा १५ जना मात्रै कार्यरत रहेको अस्पतालका मेडिककल सुपरिटेन्डेन्ट डा.नागेश्वर यादवले बताए ।

७ हजारको हाराहारीमा अस्पतालहरु रहेको मुलुकमा देश संघीय संरचनामा गएपछि केन्द्र सरकारले सातै प्रदेशमा एउटा एउटा प्रादेशिक अस्पताल निर्धारण गरेको छ । अस्पतालहरु केन्द्रिय र प्रादेशिक बन्दै गएपछि स्तरोन्नतरी र सेवा सुविधापनि राम्रो बन्दै गएको सर्वसाधरणले महसुस गर्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button