अन्यौलमा समाजवादी !

पार्टि अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन र कानुन निर्माणमा सहयोग पुग्ने गरी कानुन तथा संसदीय मामिला मन्त्रालय नै मागेको यादव निकट नेताहरुले बताएका छन्



प्रदेश टिभी सम्वाददाता,
अध्यक्ष उपेन्द्र यादवले सम्हाल्दै आएको स्वास्थ्य मन्त्रालय हेरफेर तथा डा. सुरेन्द्र यादवको स्वास्थ्य राज्यमन्त्रीको पद खोसिएपछि अहिले समाजवादी पार्टिमा अन्यौलता देखिएको छ । अध्यक्ष यादवले मन्त्रालय हेरफेर आफ्नो सल्लाहमै भएको बताईरहँदा पार्टिका अन्य नेता तथा कार्यकर्ताहरुले मन्त्रालय हेरफेर तथा राज्यमन्त्रीको पदच्युतबारे प्रधानमन्त्री ओलीले पार्टीसंग कुनै छलफल नगरेको बताएका छन् । पार्टि अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन र कानुन निर्माणमा सहयोग पुग्ने गरी कानुन तथा संसदीय मामिला मन्त्रालय नै मागेको र सोही अनुसार पाएको अध्यक्ष यादव निकट नेताहरुले बताएका छन् । तर सरकारमा रहेर सविधान संशोधन तथा मधेशी, आदिवासी जनजाति, पिछडा वर्गको माग पुरा हुन नसक्ने भन्दै सविधान संशोधन लगायतका माग पुरा गराउन सरकार छाड्नु नै राम्रो हुने समाजबादीका कतिपय नेताले बताउँदै आएका छन् । अध्यक्ष यादवले सम्हाल्दै आएको स्वास्थ्य मन्त्रालय पुनर्गठन पश्चात भानुभक्त ढकालको जिम्मामा पुगेको छ भने कानुन मन्त्रालय यादवको भागमा परेको छ । त्यस्तै स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादवलाई पदच्युत र इस्तियाक राइले सम्हाल्दै आएको शहरी विकास मन्त्रालयको राज्यमन्त्रीमा नेकपाका रामवीर मानन्धरलाई पठाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button