नेपालको विद्युत बङ्गलादेश पठाउने टुङ्गो दुई महिनाभित्र लाग्ने



प्रदेश टिभी सम्वाददाता
नेपालको विद्युत बङ्गलादेश निर्यात हुने भन्ने बिषयको टुङ्गो दुई महिनाभित्रमा लाग्ने भएको छ । बिहिवार काठमाडौँमा भएको सातौँ ऊर्जा सम्मेलनमा बङ्गलादेशका विद्युत, ऊर्जा तथा खनिजमन्त्री नस?ल हमिदले नेपालको विद्युत लैजान जिएमआर, भारत र बंगलादेशबीच दुई महिनाभित्रै खरिद–बिक्री सम्झौता हुने बतएका छन । जिएमआर लिमिटेड इन्डियाले निर्माण गर्न लागेको ५ सय मेगावाटको माथिल्लो कर्णालीको विद्युत बङ्गलादेशले खरिद गर्ने सम्झौता दुई महिनाभित्र हुने भएपछि त्रिदेशीय प्रसारण सञ्जाल सञ्चालनमा आउने निश्चित भएको छ । बङ्गलादेश पठाईने र नेपाललाई निःशुल्क दिनेबाहेक बाँकी विद्युत जिएमआरले भारत संग बिक्री गर्ने तयारी गरेको छ । सम्मेलनमा नेपालका लागि भारतीय राजदुत मञ्जीवसिंह पुरीले क्षेत्रीय विकासका लागि बिजुली आवश्यक रहेकाले नेपाल–भारतको संयुक्त पहल आवश्यक रहेको बताए शुक्रवार सम्म चल्ने सम्मेलनमा भारत, बंगलादेश, भुटान, चीन, नेदरल्यान्ड, नर्वे, दक्षिण कोरिया, क्यानडालगायत देशका ७ सयभन्दा बढी लगानीकर्ता तथा प्रतिनिधिको सहभागिता रहेको छ


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button