सबै मन्त्रालयहरूले चार दिनभित्रमा प्रगति विवरण बुझाउनु पर्ने



मन्त्रीहरूले आफु मातहतका विभागले गरेका काम कारबाहीको प्रगति विवरण चार दिनभित्रमा बुझाउन’पर्ने भएको छ । मन्त्रिपरिषद् प’नर्गठनपछि बिहिवार साँझ मन्त्री र सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक मन्त्रालयले आफ्नो मातहतका काम कारवाहीको बारे चार दिन भित्र रिपोर्ट तयार गरी बुझाउन निर्देशन दिएका छन । उनले पहिले सडक पिच गर्ने, अनि पोल गाड्न अर्काे निकाय सडक भत्काउन जाने, भत्केको सडक जस्ताको तस्तै छोड्ने चलन अब नचल्ने भन्दै ओलीले भत्काउनु अघि कहिलेसम्म निर्माण भइसक्छ, स्पष्ट योजना बनाउनुपर्ने बिचार ब्यत्तः गरे । विकासका लागि सरकारको समथ्र्यमाथि जनताको विश्वास रहे पनि अविश्वास उत्पन्न रहने अवस्था अन्त्यका लागि विशेष योजनाका साथ काम गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन । उनले आगामी फागुनमा हुने आर्थिक वर्षको दोस्रो चौमासिक समीक्षा सम्म काठमाडौंका सडकमा खाल्डा देखिन नहुने र विकास निर्माण भइरहेका ठाउँमा धुलो उड्यो भनेर गाली गर्ने प्रवृत्ति हट्नेमा जोड दिँदै निर्माणाधीन प्रधानमन्त्री निवासको भवनतर्फ लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने अहिले म आफैं धुलो उड्ने ठाउँमा बसेको छु, निर्माण भइरहेका बेला धुलो उड्छ भन्ने मलाई थाहा छ तर, जहाँ निर्माण कार्य भइरहेको छैन त्यहाँ धुलो उड्न’ भएन, प्रधानमन्त्री बसेको ठाउँ होस् वा अरु कोही बसेको ठाउँ होस् ओलीले कार्यसम्पादनका क्रममा लोभ गर्ने र मिलाएर आम्दानी गर्ने प्रवृत्ति देखिए सीधै कारवाहीको भागीदार हुने पनि चेतावनी दिए विकास आयोजनामा सही गर्ने बेला फलानालाई प्रधानमन्त्रीलाई दिनु’पर्छ भनेर कसैले भन्छ भने, त्यो नेपाललाई गरिबीबाट मुक्त गर्ने यो सरकारको नीति विपरित काम गर्दैछ भन्ने स्पष्ट पारे ओलीले भने प्रधानमन्त्रीलाई केही चाहिँदैन, तपाईंह?लाई पनि गाडी छ, राम्रो तलव छ यति धेरै स’विधा पाउने भाग्यमानी ह’न’ह’न्छ, यो भन्दा बढी के चाहियो ? यदि कसैले लोभ गरेर तलमाथि गरे कारबाही हुन्छ, मैले अनुगमन गरिरहेको हुन्छु .’ सरकारको कामप्रति हुने विरोध तीन प्रकारका रहेको वताउँदै ओलीले आफ्नो कार्यसम्पादनमा भएको कमजोरीमाथि हुने विरोधलाई स्वीकार गर्न तर, वैचारिक पुर्वाग्रह र राजनीतिक प्रतिशोधले गरिने विरोधप्रति वास्ता नगर्न आग्रह गरे । चार दिनपछि सबै मन्त्रालयबाट रिपोर्ट लिनेगरी अघिल्लो चौमासिक समीक्षाका लागि बैठक बस्ने पनि प्रधानमन्त्रीले बताएका छन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button