सबैलाई पायक पर्ने स्थानमा प्रदेशको राजधानी तोक्नुपर्ने नेकपाका अध्यक्ष प्रचन्ड



सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सहर नभएको नयाँ ठाउँमा पनि प्रदेशको राजधानी राख्न सकिने बताएका छन।
मंगलबारदेखि उद्योग व्यापार संगठन रुपन्देहीको आयोजनामा भैरहवामा सुरु भएको पाँचौँ लुम्बिनी पर्यटन प्रवद्र्धन, औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ लाई उदघाटन गर्दै प्रचण्डले सबैलाई पायक पर्ने स्थानमा प्रदेश ५ को राजधानी तोक्नुपर्ने कुरामा जोड दिए । उनले जनताको बिचमा विभिन्न जिज्ञासा र प्रश्न छन, प्रश्न छन् । बाँके–बर्दियामा गयो भने एउटा भावना पाइन्छ, दाङ जाँदा रुकुम–रोल्पाका जनताको अर्काे भावना छ । मैले बोल्दा सकेसम्म सबैलाई सहज हुने र सबैलाई लाभ हुनेगरी गर्नुपर्छ भनेर नेपालगञ्जमा जाँदा पनि बोलेको हुँ, दाङमा जाँदा पनि बोलें, अहिले पनि बोल्छु उनले सबैलाई धेरै भन्दा बढी सुविधा कहाँ हुन्छ, त्यही राजधानी हुनुपर्छ भन्ने कुरामा जोड दिए । अध्यक्ष प्रचण्डले पूर्वाधार विकास भइसकेका सहरमै राजधानी हुनुपर्छ भन्ने कुनै जरूरी नभएको प्रस्ट पारे । उनले नेपालबाट राजनैतिक रुपमा विश्वलाई नयाँ विचार दिन आवश्यक भएको भन्दै नेपालमा ऐतिहासिक घटनाक्रम र त्यसबाट भएको सफलताहरु हासिल भएको चर्चा गर्दै कम्युनिस्ट आन्दोलनको नयाँ विचार संसारलाई दिन सक्षम हुने उनको जिकिर थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button