मधेशी र समावेशी आयोगले प्रतिवेदन राष्ट्रपति समक्ष प्रतिवेदन बुझायो



मधेशी आयोग र समावेशी आयोगले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । प्रतिवेदनमा समाबेशी आयोगको वार्षिक कामकोे विवरण र समीक्षासहितको लेखाजोखालाई समेटिएको छ ।
आयोगका अध्यक्ष द्वयले राष्ट्रपति भवन, शीतलनिवासमा राष्ट्रपति भण्डारी समक्ष वार्षिक प्रतिवेदन पेशगरेका हुन । मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्त र समावेशी आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले राष्ट्रपति समक्ष आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन बुझाऐ ।
नेपालको संविधानको धारा २९४ ले संवैधानिक निकायले आफूले गरेको काम कारबाहीको वार्षिक प्रतिबेदन राष्ट्रपति समक्ष पेश गर्नेछ । उक्त धाराले राष्ट्रपतिले प्रधानमन्त्री मार्फत् प्रतिवेदनको प्रति संघीय संसद समक्ष पेश गर्न लगाउने व्यवस्था रहेकोे छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button