समाजवादी आदिवासी जनजाति महासंघको प्रदेश २ स्तरीय कमिटी गठन : कृषि मन्त्री साहले दिए शुभकामना



विजय साह
कार्तिक २६,धनुषा


 

समाजवादी आदिवासी जनजाति महासंघले प्रदेश २ स्तरीय कमिटी गठन गरेको छ ।सोमबार धनुषाको ढल्केवरस्थित हेल्थपोष्टको सभाहलमा आयोजित समायोजन भेलाबाट समाजवादी आदिवासी जनजाति महासंघको प्रदेश २ स्तरीय कमिटी गठन गरेको हो । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी निकट रहेका भातृ संगठन आदिवासी जनजाति महासंघले पार्टीको अवधारण अनुरुप समायोजन भएको बताइएको छ । समायोजनबाट बनेको नव किमिटीका पदाधिकारीलाई प्रमुख अथिति प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले शुभकामना दिएका थिए । शुभकामना दिने क्रममा मन्त्री साहले अधिकार बिहिन जातजातिहरुको आवाजलाई साझा समस्याको रुपमा लिई अधिकार प्राप्तिको मार्गमा हिडिने बताए । उनले किमिटी र किमिटी बाहिर रहेका कार्यकताहरुलाई स्वार्थ त्याग गरेर पार्टीको कार्यमा लागे पार्टीको लक्ष्य प्राप्ति हुने जनाए ।

समायोजन भेला कार्यक्रममा मन्त्री साह, पार्टीका केन्द्रिय सदस्य राम गोविन्द यादव, जिल्ला नेता चन्देश्वर महतोलगायत पार्टीका नेताहरुले शुभकामना दिएका थिए ।समायोजन भेलाबाट तेज राईको संयोजकत्वमा १२ सदस्य कमिटी गरेको गरेको छ । समायोजन भेलामा प्रदेश २ का आठ वटै जिल्लाका आदिवासी जनजाति महासंघका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button