वर्दिवास नगरपालिका वडा कार्यालयको कामकाज एक जना कार्यालय सहयोगीको भरमा ..



प्रदेश संबाददाता
महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर १४ मा वडा सचिब नहुँदा कामकाज प्रभावित भएको छ । वडा कार्यालयका सबै कामकाज हाल केहि दिन देखि कार्यालय सहयोगी कै भरमा चलेको बताए अध्यक्ष भरत हमालले बताए । उनले भने, कार्यालयमा कर्मचारी नै छैनन् । सेवाग्राहीको दबाब खेपी नसक्नु छ । नगरपालिकाले अहिले सम्म कुनै कर्मचारी नपठाएको हुनाले दैनिम कामकाज करारमा राखिएको कार्यालय सहयोगी रोहीत प्रसाद फुयाँल सँग गराउन बाध्य भएका छौ ।
१४ नम्बर वडा कार्यालय ४ महिना देखि वडा सचिव विहिन भएको छ । नगरपालिकाले बेलामा कर्मचारी नपठाउँदा गत चार महिना देखि वडाको कामकाज अत्याधिक प्रभावित भएको छ । सचिव पेशलकुमार बाग्ले समायोजनमा गएपछि कार्यालय सचिव विहिन भएको हो ।
गत कार्तिक १ गते बाट दुईवटा वडाको जिम्मेवारी हेर्ने गरी सचिव शेखर प्रसाद घिमिरे आएका भए पनि वडा नम्बर २ र १४ मा समय बाँडफाँड गरेर काम गर्नु परेकाले सेवाग्राहीले समय मै सेवा नपाएको गुनासो बढेको हो ।
वडामा सचिव वाहेक स्थायी कर्मचारी छैनन् । सचिव पनि दुईवटा वडाका साझा भएपछि कार्यालयमा सेवाग्राहीको काम समय मै हुन नसकेको वडा अध्यक्ष हमालले स्वीकार गरे ।
दुबै वडा बजार क्षेत्रसंग जोडिएकाले सेवाग्राहीको चाप बढी हुने र समय बाँडफाँड गरेर कामम गर्दा सेवाग्राहीलाई तत्कालै सेवा दिन नसके पनि सेवाग्राहीको काम लामो समय सम्म अल्झिर नबस्ने गरेको सचिव घिमिरेले बताए ।
६५ वर्षीया बोलकुमारी दाहालले दिनमा ४ पटक वडा कार्यालय धाउँदा पनि आफ्नो काम नभएको बताईन् । उनले श्रीमान् ७५ वर्षीय पुष्पलाल दाहालको वृद्धभत्ता लाभग्राही कार्ड नविकरण गराउन उनि वडा कार्यालय दिनै पिच्छे धाइरहेको बताईन् ।
त्यसैगरी रामपृत महतोले आफूले पनि थ्रि फेज बिजुलीको लाईनको लागि सिफारिस लिन ३ दिन देखि कार्यालय धाई रहेको बताए।
त्यस्तै विधवा भत्ता पाउने प्रमाणपत्रमा हस्ताक्षर गर्न र छाप लगाउन सचिव कुर्दा आफ्नो ४ दिन देखि अल्झिएर बसेको इन्दिरा कुमारी साहले बताईन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button