ट्रिपरको ठक्करले युवकको मृत्यु



कार्तिक १३ जनकपुरधाम ।
धनुषामा ट्रिपरको ठक्करले एक मोटरसाइकलमा सवार युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको मनरा शिशवा नगर पालिका वार्ड ९ बथनाहा बश्ने वर्ष ३५ का संजीव झा रहेका छन झालाई जनकपुर उप महानगर पालिका वार्ड ७ स्थित तपसी चौकमा ना . ५ ख . १६७४ नंबरको ट्रिपरले ठक्कर दिदा मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।
मृतक झा ज.१० प.७७६७ नंबरको मोटर साईकलमा चढी महोत्तरीको बथनाहाबाट जनकपुर किन मेल गर्न आएका थिए उनलाई अत्यधिक गतिमा आएको ट्रिपरले ठक्कर दिएको स्थानियले बताएका छन । ठक्कर पछी तत्काल झालाई जनकपुरको प्रादेशिक अस्पतालमा उपचारकालागी लगिरहेको अवस्थामा बटोमानै उनको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । घटनावारे थप अनुसन्धान भैरहेको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button