लाखौ नेपाली रुपैयाँ सहित दुई जना पक्राउ



प्रदेश संमवाददाता
महोत्तरी
महोत्तरी प्रहरीले छुट्टाछुट्टै स्थानबाट चेक जाँच गर्ने लाखौ नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका ८ का ३२ वर्षीय विजय महासेठ रहेको प्रहरी नायब उपरीक्षक डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी गराएका छन । शुक्रबार साँझ जलेश्वर नगरपालिका ३ को भिटठामोडको नेपाल (भारत सीमा नजिकैबाट पाँच लाख ७५ हजार भारतीय रुपैयाँ सहित एक जनालाई पक्राउ गरिएको हो । त्यस्तै छुट्टाछुट्टै स्थानबाट चेक जाँच गर्ने क्रममा मटिहानी नगरपालिका २ मा एक जनालाई ११ लाख नेपाली रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको छ । मटिहानी नगरपालिका ६ का जीवनकुमार पूर्वेको कानुन बमोजिम शरीरमा खानतलासी गर्दा रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । पक्राउ परेको दुवै जनालाई आवश्यक कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको हो । उनिहरुका थप अनुसन्धान भैरहेको डीएसपी बुढाथोकीले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button