डाक्टरको चरम लापरबाहीले सुत्केरी महिलाको ज्यान गयो



प्रदेश संबाददाता
डाक्टरको लापरबाहीले प्रदेशिक अस्पताल प्रदेश(२ मा बुधवार एक सुत्केरी महिलाको ज्यान गएको छ । ज्यान जानेमा शहिद नगरनगरपालिका ९ का शम्भु यादवकी २५ वर्षीय श्रीमती प्रमिला यादव रहेकी छिन यादवको अस्पतालमै बुधबार बिहान ज्यान गएको हो । उनका आफन्तका अनुसार कात्तिक १ गते अस्पतालमा भर्ना भएकी यादबकी शल्यक्रियामार्फत बच्चा जन्मिएको थियो । बच्चाको अवस्था स्वास्थ रहेपनीे आमा प्रमिलाको बुधबार मृत्यु भएको छ । डाक्टरले शल्यक्रिया गरेकै बेला उनको स्वास्थ्य अवस्था बिग्रे पनीे चिकित्सकले उनको आफ्न्तलाई जानकारी गराएनन् । मृतककी ससुरा शम्भु यादवले डाक्टरले अप्रेशनमै लापरबाही गर्दा बुहारीको मृत्यु भएको सञ्चारकर्मीलाई बताए । उनका अनुसार बच्चा जन्मेपछि बुहारीको अवस्था ठीक रहेको ,नरहेकोबारे हामीलाई केही जानकारी दिएनन्। सोध्दा पनि स्वास्थ्य ठीक नरहेकोले आइसियुमा भर्ना गरिएको भनेको थियो। तर, आज मृत्यु भयो। डाक्टरले अचानक जानकारी गराउँदा आश्चर्य लाग्यो।’ अंचल अस्पताल अहिले प्रादेशिक अस्पतालमा रुपान्तरण भएपनी पनि अस्पतालमा सुधार आउन सकेका छैन। यहाँका डाक्टरको लापरबाहीले प्रत्येक महिन २,४ बिरामीले ज्यान गुमाउनु परेको छ । त्यसैगरी मृतकको शवको तस्वीर र भिडियो खिच्नसमेत अस्पतालका डाक्टरले रोकेको थिए । डाक्टर सावन यादवले इन्चार्जलाई सोधेर मात्र तस्वीर खिच्न मिल्ने बताए। उनले इच्चार्ज संजय यादवलाई फोन गरेर पनि सोधे। तर, इन्चार्जले पनि तस्वीर खिच्न नदिने फोनमा आदेश दिएपछी । डाक्टर यादवले प्रमिलाको मृत्यु कसरी भयो भन्नेबारे पनि इन्चार्जले नै बताउने भन्दैजिम्मेवारी बाट पन्छिए । उनले भने, ‘उनको मृत्यु भएको बेला मेरो ड्युटी थिएन । यसबारे सबै कुरा इन्चार्जलाई नै थाहा होला।’ तर, घण्टौँसम्म इन्चार्जको बाटो पर्खेर बस्दा पनि उनी आइसियु कक्षमा आएनन डाक्टरको लापरवाहीले प्रमिलाको मृत्यु किन भयो भनेर अस्पतालले उनका आफन्तलाई समेत जानकारी नगराएको ससुरा शम्भु यादवले भने, ‘सबै डाक्टरलाई पालैपालो भनिसक्यौ । तर, कसैले भनिरहेका छैन। एउटाले भन्छ त्यहाँ जाउँ। त्यहाँ गएपछि फेरि अर्को ठाउ देखाउदा हैरान भएँ।’ डाक्टरले समेत वास्ता नगरेपछि शवलाई दाहसंस्कारका लागि लैजान एम्बुलेन्स बोलाएको उनले पीडा पोखे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button